नेपाल भ्रमण वर्ष २०२० : आहा ! नेपाल (फोटोफिचर) « Nagarik Khabar

नेपाल भ्रमण वर्ष २०२० : आहा ! नेपाल (फोटोफिचर)



काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउँदै छ ।

सरकारले २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य समेत लिएको छ । गत वर्ष सन् २०१८ मा १० लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

सोही अनुरुप २०२० मा १० लाख विदेशी थप पर्यटक भित्रिने प्रारम्भिक अनुमान छ । पर्यटक १० लाखको संख्याबाट दोब्बर पार्नु सहज काम होइन ।

पर्यटनमन्त्री योगेश भट्टराईलेसमेत २० लाख पर्यटक भित्र्याउन असहज नभएको बताएका छन् ।

पर्यटन वर्ष २०२० लाई लक्षित गरी विदेशका प्रवद्र्धनात्मक कार्यक्रम र विज्ञापनहरुले पनि पर्यटक आगमन बढाउन ठूलो मद्दत पुग्ने दाबी सरकारको छ ।

नेपाल आउने पर्यटकले घुमफिर गर्ने मुख्य मुख्य गन्तव्यलाई समेत सूचीकृत गरिएको छ ।

तस्विर: फेसबुक पेज (Visit Nepal 2020 – Lifetime Experience)बाट 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: