सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय « Nagarik Khabar

सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय



काठमाडौं । सरकारले सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा सुविधा सम्पन्न सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्थापना हुने गरी पुस्तक गुरुयोजना तय गरिएको र त्यसलाई छिट्टै मन्त्रीपरिषद बैठकबाट पारित गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।

१२ औं पुस्तकालय दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पुस्तक नीति तर्जुमा गर्न गठित कार्यदलको प्रतिवेदन कार्यान्वयनमा लैजान सरकार प्रतिवद्ध रहेको बताए ।

मन्त्री पोखरेलले सरकारले पठन संस्कृतिको विकासका लागि पनि पुस्तकालयको विकास र विस्तार सम्बन्धि नीति लिएको स्मरण गराए ।

मन्त्री पोखरेलले पुस्तकालय संचालनका लागि आवश्यक नीति बनाउने योजना समेत तय गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: