भक्तपुरमा पनि डेंगुको जोखिम, १२ जनामा संक्रमण « Nagarik Khabar

भक्तपुरमा पनि डेंगुको जोखिम, १२ जनामा संक्रमण



भक्तपुर । भक्तपुर पनि डेंगुको उच्च जोखिममा पारेको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा चार दोबर डेंगुको बिरामी भेटिएकाले भक्तपुर डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिए ।

भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित १२ जनामा डेङ्गुको संक्रमण फेला परेको जनाइएको छ । दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविभूषण सुवालले जानकारी दिए । अस्पतालमा डेङ्गुको संक्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पतालमा जचाउन पठाउनु परेको उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत न्यौपानेका अनुसार गतवर्ष तीनजनामा मात्रै डेङ्गु देखिएको र यसवर्ष डेङ्गु संक्रमण बढेपछि जिल्लाका सबै स्वास्थ्य चौकी, नगर जनस्वास्थ्य चौकी र सञ्चारमाध्यममार्फत गाउँगाउँमा यसबारे जनचेतना फैलाउने अभियान सुरु गरिएको छ ।

कार्यालयले डेङ्गु संक्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न, फोहोर नगर्न र इन्सेक्टिसाइड छरेर डेङ्गुको संक्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: