सेवाग्राहीको खातामा भएको पैसामा कुनै जोखिम छैन : राष्ट्र बैंक « Nagarik Khabar

सेवाग्राहीको खातामा भएको पैसामा कुनै जोखिम छैन : राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका सेवाग्राहीलाई ढुक्क हुन आग्रह गरेको छ । ह्याकरले करोडौं रुपैयाँ लुटेको खबर आएपछि आतंकित सेवाग्राहीलाई ढुक्क रहन राष्ट्रबैंकले आग्रह गरेको छ ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार ह्याकरले बैंकको एटिएममा मात्रै आक्रमण गरेर रकम लुटेको प्रष्टीकरण दिएका छन् । ह्याकरलको निशानामा सेवाग्राहीको खातामा रहेको रकममा कुनै असर नपारेको उनले बताए ।

‘अहिले भएको आक्रमण एटिएममा मात्रै हो । सिस्टममा आक्रमण भएको छैन । आक्रमण हुन पनि सक्दैन,’ प्रवक्ता निरौलाले भने, ‘सेवाग्राहीको खातामा भएको पैसामा कुनै जोखिम छैन । ढुक्क भएर बैंकमा कारोबार गर्दा हुन्छ, आत्तिनु पर्दैन ।’

शनिबार साँझ दरबारमार्गस्थित एटिएमबाट सवा करोड रकम सिस्टम ह्याक गरेर निकालिसकेको अवस्थामा प्रहरीले पाँचजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। यो घटनापछि केही बैंकका एटिएमहरु अनिश्चितकालका लागि बन्द भएका छन् ।

यो पनि पढ्नुहोस्

ह्याकरको निशानामा परेपछि अधिकांश बैंकका एटिएम मेसिन बन्द

एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिक पक्राउ

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: