त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरको जहाजमा चरा ठोक्कियो « Nagarik Khabar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरको जहाजमा चरा ठोक्कियो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जहाजमा चरा ठोक्किएको छ । उड्नै लागेको समयमा चरा ठोक्किएपछि उक्त जहाजको उडान स्थगित गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले विमानस्थलबाट उड्नै लागेको जहाजमा चरा ठोक्किएपछि उक्त जहाजको उडान तत्कालका लागि रोकिएको जानकारी दिए । अहिले जहाजको प्राविधिक पक्षका विषयमा अनुसन्धान भैरहेको छ ।

बिहान नौ बजेको घटनापछि पनि विमानस्थलका अन्य आन्तरिक तथा बाह्य उडान भने यथावत सञ्चालन भैरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: