एटिएमबाट रकम लुटपाट घटना : प्रहरीले थाल्यो अनुसन्धान « Nagarik Khabar

एटिएमबाट रकम लुटपाट घटना : प्रहरीले थाल्यो अनुसन्धान



काठमाडौं । बैंकको एटिएम मेसिनबाट रकम लुटेको घटनाको नेपाल प्रहरी अनुसन्धान सुरु गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार एटिएमबाट रकम लुटपाट घटनाबारे बैंकिङ क्षेत्रको विज्ञहरुसँग मिलर अनुसन्धान सुरु गरिएको हो । अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले कतिवटा एटिएमबाट रकम लुटिएको भन्ने यकिन भइनसकेको एसएसपी सुवेदीले बताए । घटनाबारे नेपाल राष्ट्र बैंक र नेपाल बैंकिङ एसोसिएसनसँग छलफल भइसकेको उनले बताए ।

रकम लुटिएकोबारे बैंकहरुले जाहेरी दिने क्रम छ । अहिले प्रभु बैंकले जाहेरी दिइसकेको प्रहरीले जनाकारी दियो । 

शनिबार साँझ दरबारमार्गस्थित एटिएमबाट सवा करोड रकम सिस्टम ह्याक गरेर निकालिसकेको अवस्थामा प्रहरीले पाँचजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। उनीहरु यही मिसनका लागि नेपाल आएका हुनसक्ने प्रहरीको अनुमान छ ।

यो पनि पढ्नुहोस्

सेवाग्राहीको खातामा भएको पैसामा कुनै जोखिम छैन : राष्ट्र बैंक

ह्याकरको निशानामा परेपछि अधिकांश बैंकका एटिएम मेसिन बन्द

एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिक पक्राउ

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: