ड्रामाक्विन राखीको पेटमा दीपकको बच्चा « Nagarik Khabar

ड्रामाक्विन राखीको पेटमा दीपकको बच्चा



एजेन्सी । बलिउडकी ड्रामाक्विन राखी सावन्तका नयाँ नयाँ फण्डा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको हुन्छ ।

राखी अहिले उनको गोप्य विवाहको कारण चर्चामा छिन् । राखीका अनुसार उनले हालै विवाह गरेकी छिन् । उनको कुरा पत्याउने हो भने, उनले रितेश नामका एक एनआरआईसँग विहे गरेकी छिन् । उनले रितेशको तस्विर भने सार्वजनिक गरेकी छैनिन् ।

यसैबीच, राखीका तथाकथित प्रेमी दीपक कलालले एक अचम्मको दाबी गरेका छन् ।

दीपकको दाबी यो छ कि, राखी सावन्त आफ्नो बच्चाको आमा बन्दैछिन् । आगामी सात महिनापछि यो कुराको पुष्टि हुने उनले बताए ।

दीपकले सामाजिक सञ्जालमा एक पोष्ट शेयर गर्दै लेखेका छन्, राखीले मेरो बच्चा आफ्नो पेटमा पालिरहेकी छिन्, उस (बच्चा) ले आफनो बाबुमाथि भएको बेइज्जतीको अवश्य बदला लिनेछ । 

भारतीय सञ्चार माध्यमका अनुसार दीपकले आक्रोशमा आएर यो कुरा भनेको र उनको कुरामा सत्यता नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: