कुकुर मारिएको भाइरल भिडियो: मेयर भन्छन्, मान्छे ठूलो कि कुकुर ? « Nagarik Khabar

कुकुर मारिएको भाइरल भिडियो: मेयर भन्छन्, मान्छे ठूलो कि कुकुर ?



काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङको सामुदायिक कुकुर हटाउने अभियान अन्तर्गत कुकुर मारिएको एक दृश्य सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

उक्त दृश्यमा कुकुरलाई लठ्ठीले पटक पटक टाउको प्रहार गरि मारिएको छ । महानगरको यो क्रियाकलाप निकै अमानवीय र घृणित रहेको भन्दै चौतर्फी रुपमा विरोध भइरहेको छ ।

नगरपालिका प्रमुख के भन्छन् ?

दित्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख हुन्, दिपनारायण रिजाल । नगारपालिकामा कुकुरको विषयलाई लिएर दित्तेल बजारका नागरिकले धेरै गुनासो गर्न थालेपछि नगरपालिकाले कुकुर नियन्त्रण अभियान सञ्चालन गरेको उनले बताए ।

अमानविय शैली किन ?

नगरपालिका प्रमुख रिजालले कुकुर मारिएको एउटा मात्र दृश्य हेरेर नकारात्मक प्रतिक्रिया दिन नहुने बताउँछन् । उक्त कुकरले महिला, बालबालिकालाई टोक्ने गरेको र एक दुई जना व्यक्ति एक्लै हिँड्ने अवस्था नरहेको भन्दै नगरपालिकाले यस्तो अभियान चलाएको उनले प्रतिक्रिया दिए ।

उक्त कुकुरलाई रेबिज र हैजा लागेको समेत उनले बताए । कुकुरबाट अन्य मानविय दुर्घटना नहोस भनेर यस्तो क्रियाकलाप गरिएको उनले बताए ।

कुरलाई कुटिएको विषयमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । कुकुरको कारण बजारमा देखिएको भयावह अवस्था नियन्त्रण गर्न यस्तो कदम चालिएको उनले दोहोर्याए ।

‘रातिको समयमा महिला, केटाकेटी कोही पनि हिड्न सक्ने अवस्था छैन, कुकुरका कारण मानविय दुर्घटना हुन सक्थ्यो’ उनले प्रश्न गरे, ‘मान्छे ठूलो कि कुकुर ठूलो हो त ?’

पहिलो कुरा मानव सुरक्षा भएको भन्दै उनले मानव सुरक्षा भन्दा ठूलो कुकुर सुरक्षा नभएको बताए । फिल्डमा खटिने कर्मचारीलाई त्यसरी मार्नुस् भनेर नगरपालिकाले निर्देशन नदिएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: