‘समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सफल बनाउन सबैको योगदान आवश्यक छ’ « Nagarik Khabar

‘समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सफल बनाउन सबैको योगदान आवश्यक छ’



काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपिएफ कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन हुने पाँचौ एपिएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले आइतबार काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा एक समारोहबीच उद्घाटन गरेका हुन् । उहाँले त्यस अवसरमा मध्यमस्तरका अधिकृतको नेतृत्व क्षमता विकास गरी नेतृत्वदायी भूमिका तथा सुरक्षा चुनौतीलाई विश्लेषण गरेर अगाडि बढ्न यो कोर्षले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

संगठनलाई प्राप्त जिम्मेवारी पूरा गर्न एपिएफ अधिकृतहरुलाई यस कोर्षले थप ज्ञान प्रदान गर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले सुरक्षा संगठनमा यस किसिमको कोर्षको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल तुल्याउन हामी सबैले आ–आफ्नो तहबाट योगदान पु¥याउनु पर्ने बताए । कोर्षमा सहभागी अधिकृतहरुले प्रशिक्षणको दौरानमा आर्जन गरेको ज्ञानलाई आपूm मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सिकाउँदै कार्यक्षेत्रमा अगाडि आग्रह गरे ।

त्रिभुवन विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डिन डा. गोपाल धौवञ्जरले यस्ता कोर्षले सहभागीलाई व्यावसायिक ज्ञान अभिवृद्धि गर्न सघाउ पु¥याउने बताए । यस्ता कोर्षले सीमा सुरक्षा, औद्योगिक सुरक्षा लगायतका विभिन्न क्षेत्रहरुमा ज्ञानमा अभिवृद्धि गर्न मद्दत पुग्ने तथा सुरक्षा चुनौतीलाई सामना गर्न सघाउ पुग्ने उहाँको भनाइ छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती तथा सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धति, नेतृत्व र विकास, सीमा भन्सार तथा औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विविधि विषयहरु एपिएफ कमाण्ड तथा स्टाफ कोर्षमा समेटिएको जनाइएको छ ।

डेढ वर्षे कोर्षमा सशस्त्र प्रहरी बल, नेपालबाट १९ जना तथा राष्ट्रिय अनुसन्धान विभागबाट एक जना सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: