प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, प्लाज्मा फेरेसिस प्रक्रिया बुधबार टुंगिने « Nagarik Khabar

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, प्लाज्मा फेरेसिस प्रक्रिया बुधबार टुंगिने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट थालिएको उपचार प्रक्रिया आगामी बुधबारसम्म जारी रहने भएको छ ।

मिर्गौलाको समस्याका कारण ‘एन्डीबडी’को मात्रा बढेर सिंगापुरस्थित नेशनल अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीको हालसम्म पाँच पटक सोही प्रक्रियाबाट उपचार गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार सोमबार छैटौं र बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ ।

प्रधानमन्त्रीको उपचारमा संलग्न प्रधानमन्त्रीका निजी चिकित्सक डा. दीलिप शर्मालाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।

धानमन्त्री ओली भदौ ५ गते थप उपचारका लागि सिंगापुर गएका हुन् । यसअघि साउन १८ देखि २७ गतेसम्म सोही अस्पतालमा उपचार गरी फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: