आर्थिक वृद्धि गर्न सरकार सफल भएको मन्त्री पण्डितको दाबी « Nagarik Khabar

आर्थिक वृद्धि गर्न सरकार सफल भएको मन्त्री पण्डितको दाबी



काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार आर्थिक वृद्धि तथा प्रशासनिक काममा सफल भएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालले सात प्रतिशतको आर्थिक वृद्धि गरेको तथा कर्मचारी समायोजनमा द्रुत काम भइरहेका बताए ।

संविधानअनुसार ऐन, कानुन बनाउँदै सङ्घ, प्रदेश र स्थानीय तीनै तहबीच अन्तरसम्बन्ध व्यवस्थित गरेको उनको धारणा छ । उनका अनुसार कतिपय कानुन सङ्घीय संसदमा पुगेका तथा केही छलफलका क्रममा र कतिपय मस्यौदा भइरहेका छन् । स्थानीय तहलाई ध्यानमा राखेर पहिलो चरणको लोकसेवा आयोगको विज्ञापन खोलिसकिएको र अब सङ्घ तथा प्रदेशका लागि विज्ञापन खोल्ने प्रक्रिया भइरहेको उनले जानकारी दिए ।

मन्त्री पण्डितले सरकार भ्रष्टाचारीलाई कारवाही गर्ने कुरामा निर्मम भएर प्रस्तुत भएको उल्लेख गर्दै दोषी जो भए पनि कारवाही गर्न पछि नहट्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: