इन्द्रजात्राको लागि महानगरले दियो १० लाख « Nagarik Khabar

इन्द्रजात्राको लागि महानगरले दियो १० लाख



काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रजात्राका लागि १० लाख अनुदान सहायता उपलब्ध गराएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमख विद्यासुन्दर शाक्यले आईतबार काठमाडौंमा एक कार्यक्रमका बीच इन्द्रजात्रा व्यवस्थापन समितिलाई इन्द्रजात्रा खर्चका लागि १० लाखको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाले पूर्व कुमारीलाई मासिक १५ हजारका दरले बार्षिक पदभत्ता पनि वितरण गरेको छ ।

त्यसैगरी पूर्व गणेशलाई मासिक १२ हजार, पूर्व भैरवलाई मासिक १२ हजारकै दरले वार्षिक पदभत्ता महानगरपालिका प्रमुख शाक्यले हस्तारण गरे ।

त्यस अवसरमा मेयर शाक्यले इन्द्रजात्राको व्यवस्थापनका लागि आवश्यक अन्य खर्च पनि उपलब्ध गराउन आफूहरु तयार रहेको बताए ।

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षबाट कुमारीलाई ५० हजार मासिक पदभत्ता वितरण गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: