‘ठूला मालिकसँग मिलेका छैनौं, आन्दोलन गरिरहेका छौं’ « Nagarik Khabar

‘ठूला मालिकसँग मिलेका छैनौं, आन्दोलन गरिरहेका छौं’



काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले ठूला मिडिया हाउसका मालिकसँग मिलेर श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक दिलाउन पहल नगरेको भन्ने आरोपको खण्डन गरेका छन् ।

अध्यक्ष आचार्यले ठूला मिडिया हाउसका मालिकसँग मिलेर श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक दिलाउन पहल नगरेको भन्ने आरोप पुष्टि भए आफूले तत्काल पदबाट राजीनामा दिने चेतावनी दिए ।

उनले श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक दिलाउन महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको दावी पनि गरे ।

आईतबार काठमाडौंमा आयोजित ‘श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयनको समस्याः समाधानका उपायहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले न्यूनतम पारिश्रमिक दिलाउन ३९५ जना श्रमजीवि पत्रकारहरुले महासंघका निवेदन दिएकोमा ३५० जनाको सो माग पूरा गराउन महासंघ सफल भएको पनि बताए ।

अध्यक्ष आचार्यले महासंघले पत्रकारहरुको हितको लागि ठूला मिडिया हाउसका मालिकसँग आन्दोलन गरिरहेको दावी गरे । तर त्यस्ता आन्दोलनमा महासंघकै विभिन्न शाखाहरु समेत सहभागी नभएकोमा उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: