नेपाली काँग्रेस बैठकमा रवि लामिछानेको चर्चा : आफ्नै कार्यकर्ता पनि प्रदर्शनमा ! « Nagarik Khabar

नेपाली काँग्रेस बैठकमा रवि लामिछानेको चर्चा : आफ्नै कार्यकर्ता पनि प्रदर्शनमा !



काठमाडौं । नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा सञ्चारकर्मी रवि लामिछानेका विषयमा चर्चा भएको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा रवि लामिछाने प्रकरणका विभिन्न पक्षमा नेताहरुले आआफ्ना धारणा राखे ।

केहीले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेका कारण लामिछाने प्रकरणमा हजारौं नागरिक सडकमा उत्रिएको बताए भने केहीले आफ्नो दलका कार्यकर्तासमेत प्रदर्शनमा सहभागि भएको दावी गरे ।

बैठकमा केहीले पूर्वराजावादीहरुको संलग्नतामा धेरै जनता प्रदर्शनमा उत्रिएको बताए । केही केन्द्रीय सदस्यले भने सरकारले राम्रो काम नगर्दा जनतामा देखिएको निराशाको रुपमा लामिछाने प्रकरणलाई बुझ्नु पर्नेमा जोड दिएका छन् ।

आइतबारको बैठकमा धारणा राख्नेहरु गगन थापा, महेश आचार्य, मिनेन्द्र रिजाल, प्रदीप गिरी, मीनबहादुर विश्वकर्मा, चन्द्र भण्डारी, अर्जुन जोशी, रमेश रिजाल, बालकृष्ण पाण्डेयलगायतले आफ्नो धारणा राखेका थिए ।

बैठकमा धारणा राख्नेक्रममा लामिछाने प्रकरणका विभिन्न पक्षमा केन्द्रीय सदस्यहरुले बोलेका थिए । अन्य विषयसँगै बैठकमा लामिछाने प्रकरण पनि छलफल भएको थियो ।

युवा नेता गगन थापाले नेपाली काँग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसक्दा जनताहरु लामिछानेका पछि लागेको बताए । उनले सरकारको बिरुद्धमा मात्र नभएर जनता प्रतिपक्षसँग पनि असन्तुष्ट रहेको दावी गरे ।

अर्का केन्द्रीय सदस्य महेश आचार्यले जनताको मुद्दामा केन्द्रित हुन नसक्दा जनता लामिछानेको पक्षमा लागेको बताए । उनले जनताको मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
नेता प्रदीप गिरीले नेतृत्वको स्वार्थले जनतामा निराशा छाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: