विश्वकै उच्च भेगको चियाखेती नेपालमा « Nagarik Khabar

विश्वकै उच्च भेगको चियाखेती नेपालमा



काठमाडौं । विश्वकै सर्वाधिक उचाइमा थालिएको चिया खेतीको पहिलो बाली भित्र्याउने काम आगामी कात्तिक पहिलो साता हुँदैछ ।

समुद्र सतहबाट करिब तीन हजार मिटर उचाइ हाराहारीमा फैलिएको चिया बगानको उत्पादन सोझै युरोप पुग्ने भएको हो ।

सोलुखुम्बुको लिखु पिके गाउँपालिका–५ भकाञ्जेस्थित ‘भकाञ्जे टि स्टेट’मा प्रशोधन भएको चिया हिमालयन प्रोजेक्ट डेनमार्कले १० वर्षसम्म किन्न बैना गरेपछि उच्च भेगको चिया युरोपेली बजार पुग्ने सुनिश्चित भएको हो ।

‘नेप्लिज टि ट्रस्ट’ नामक संस्थासँगको सहकार्यमा सो प्रोजेक्टले विश्वकै उच्च भेगमा चिया उत्पादन सुरू गरेको हो ।

भकाञ्जे चिया कारखाना समुद्र सतहको २ हजार ८ सय ५० मिटर उचाइमा स्थापना गरिएको छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा टीका बन्धनको बाइलाइनमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: