आज मध्य भागमा भारी वर्षाको सम्भावना, कस्तो हुनेछ तीन दिनको मौसम « Nagarik Khabar

आज मध्य भागमा भारी वर्षाको सम्भावना, कस्तो हुनेछ तीन दिनको मौसम



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ रहेको बताएको छ । हाल मुलकका अधिकांश भागमा सामान्य बदली भइरहको पनि महाशाखाको भनाइ छ ।

आगामी २४ घण्टा देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा मध्य भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा राति पनि बदली रही पश्चिम, मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।

मंगलबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने र राति पनि बदली रही पश्चिम, मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । साथै पूर्व र मध्यका केही स्थानमा स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशभर बदली हुने तथा पश्चिम, मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ । पश्चिम र मध्यका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ ।

यस्तै बुधबार राति देशभर बदली रही पश्चिम, मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: