राष्ट्रपति भण्डारीद्वारा तीजकाे अवसरमा शुभकामना « Nagarik Khabar

राष्ट्रपति भण्डारीद्वारा तीजकाे अवसरमा शुभकामना



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजजस्ता चाडपर्वको गरिमालाई सम्मानजनक बनाइराख्नु आजको आवश्यकता भएको बताएकी छन् ।

हरितालिका तीज, २०७६ को अवसरमा राष्ट्रपतिद्वारा दिइएको शुभकामनामा भनिएको छ, ‘संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वको गरिमालाई सम्मानजनक बनाइराख्नु आजको आवश्यकता हो ।’

राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनीमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

यस्ता पर्वले नेपालीहरूलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न र एकापसमा खुसी साटासाट तथा मनोरञ्जन गर्ने अवसरसमेत प्रदान गर्दै आएको राष्ट्रपतिको शुभकामनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: