तीजलाई सिर्जनासँग जोड्न जरुरी « Nagarik Khabar

तीजलाई सिर्जनासँग जोड्न जरुरी



काठमाडौं । हरितालिका तीज नेपाल तथा विभिन्न देशमा उल्लासपूर्वक मनाइरहँदा तीजको सकारात्मक पाटोलाई जीवन्त राख्दै विकृत पक्षलाई सुधार गर्नुपर्ने खाँचो औँल्याइएको छ ।

यो हिन्दु धर्मशास्त्रसँग जोडिएको पौराणिक पर्वमात्र हैन, आममहिलाको पर्व भनेर नयाँ ढङ्गले तीजको व्याख्या पनि गरिन थालिएको छ ।

एकातिर तीजका धार्मिक, सांस्कृतिक र सांस्कारिक मान्यताका सकारात्मक पक्षको उजागर गर्नुपर्छ भन्नेको बहस चलिरहेकै छ ।

अर्काेतिर यसका नकारात्मक पक्षको समीक्षा गर्दै समयअुनसार परिस्कृत गर्नु जरुरी रहेको विश्लेषण गर्ने नयाँ तर्क उत्तिकै बलियो बन्दै छ ।

शिवजी र पार्वतीको पौराणिक कथाको सेरोफेरोमा तीजको उत्पत्ति भए पनि यसको मान्यता आममानिसको निजी जीवनसँग घनिष्ठ रहेको संस्कृतिविज्ञ डा. सरस्वती पोखरेल बताउँछिन् ।

गोरखापत्र दैनिकमा चाँदनी हमालले समाचार लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: