जनताको साढे ३३ खर्ब कति सुरक्षित ? « Nagarik Khabar

जनताको साढे ३३ खर्ब कति सुरक्षित ?



काठमाडौं । नक्कली भिसा कार्ड प्रयोग गरी चिनियाँ ह्याकरले साढे ३ करोड रुपैयाँ लुटेका छन् । नेपालका एटीएम बुथबाट १ करोड ७६ लाख निकालेको देखिएको छ ।

भारतबाट १ करोड भारु झिकेको पाइएको नेपाल इलेक्ट्रिक पेइमेन्ट सिस्टम (नेप्स)का प्रमुख कार्यकारी प्रवीणप्रकाश क्षेत्रीले बताएका छन् ।

यो रकम निक्षेपकर्ताको खाताबाट काटिएको भने छैन । कहाँबाट आयो भन्ने यकिन नभएको क्षेत्रीको भनाइ छ ।

‘नक्कली कार्ड बनाएर पैसा झिकेको देखिन्छ’, उनले भने, ‘यसमा एउटा विशिष्ट प्रविधि प्रयोग गरेको भेटियो । तर, यो कारोबार नेप्सको प्रणालीसम्म नआइपुग्दै नक्कली अप्रुभल गराएको देखिन्छ ।’

नक्कली कार्ड प्रयोगबाट विभिन्न बैंकका डाटा ह्याक गरेर रकम निकालेको देखिएको प्रहरीले पनि बताएको छ ।

नबिल, नेपाल एसबीआई, नेपाल इन्भेस्टमेन्ट, सानिमा, कुमारी, सेन्चुरीलगायत बैंकको एटीएम बुथमा नक्कली कार्ड घोटेर ह्याकरले पैसा झिकेका हुन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा विनय बञ्जाराले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: