वडाध्यक्षका छोरा छात्रावासबाटै बेपत्ता « Nagarik Khabar

वडाध्यक्षका छोरा छात्रावासबाटै बेपत्ता



काठमाडौं । वीरगञ्जको पावर हाउस चोक नजिक रहेको नीजि विद्यालय जिएचपी स्कुलको होस्टेलबाट १३ बर्षीय बालक अमित कुमार चौरसिया तीन दिनदेखि बेपत्ता भएका छन् ।

अमित, पर्साको कालिकामाई गाउँपालिका–२ का वडा अध्यक्ष भेडिहारी घर भएका सोनालाल चौरसियाको कान्छो छोरा हुन् ।

चौरसिया परिवार वीरगञ्ज महानगरपालिका–१३ तेजारथ टोल बस्दै आएको छ । उनीहरुले अमितलाई गत वैशाखदेखि जिएचपी स्कुलको होस्टलमा राखेका थिए ।

सो स्कुलको कक्षा ६ सेक्सन ‘बी’ मा अध्ययनरत अमित बिहीबारदेखि बेपत्ता भएको उनका काका पन्नालाल चौरसियाले बताए ।

अमित सम्पर्कविहीन भएपछि अभिभावक चिन्तित भएका छन् । तीन दिन बितिसक्दा पनि कुनै सुइँको नपाएको बालकका पन्नालालले बताए ।

नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: