तीजको विशेष महत्व छ : प्रधानमन्त्री « Nagarik Khabar

तीजको विशेष महत्व छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दू नारीहरुको महान् चाड हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिएका छन् ।

तीजको अवसरमा प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले तीज महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व भएको उल्लेख गर्दै यसको विशेष महत्व भएको बताएका छन् ।

‘नेपालको सकारात्मक सांस्कृतिक परम्परामा महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वका रुपमा तीजको विशेष महत्व छ,’ प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: