बसको ठक्करबाट पैदलयात्रीको मृत्यु « Nagarik Khabar

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु



चितवन । सोमबार विहान चितवनमा बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।

ना ६ ख ७६८७ नम्बरको बसले सोमबार बिहान पौने तीन बजे भरतपुर महानगरपालिका–१ आँपटारीमा ठक्कर दिँदा पैदलयात्री रोशन अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक २७ वर्षीय अधिकारी गोर्खा पालुङटार नगरपालिका–१३ निवासी २ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अधिकारीलाई ठक्कर दिई भागेको बसलाई मकवानपुरमा नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ । मृतक अधिकारीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: