मार्मिक तस्बिर: तीन भाइबहिनीको मृत्यु, चौथी छोरी शव गाडेको स्थानमा « Nagarik Khabar

मार्मिक तस्बिर: तीन भाइबहिनीको मृत्यु, चौथी छोरी शव गाडेको स्थानमा



एजेन्सी । अष्ट्रेलियाको एक तस्बिर अहिले संसारभर भाइरल बनेको छ । घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको थियो ।

चार भाईबहिनीमा तीन जनाको मृत्यु भएपछि चौथी बहिनी उनीहरुको अन्तिम संस्कार गरेको स्थानमा पुगेर बसेकी थिइन् ।

अहिले यहीँ तस्बिर संसारभर भाइरल बनेको छ । घरमा आगो लाग्दा कारा एटकिन्स नामकी महिला उनकी ८ वर्षकी छोरीसँग मात्र जीवितै रहन सफल भइन् ।

अन्तिम संस्कारमा शव गाडेको ठाउँमा कान्छी छोरी बसेको भावुक तस्विरले धेरे अष्ट्रेलियाली नागरिकको आँखामा आशु आएको छ ।

आमाले आफ्नी शव गाडेको ठाउँमा बसेकी छोरीको तस्बिर आफैले फेसबुकमा राखेकी छन् ।

केहीहप्ता अघि उनको घरमा आगो लागेको थियो । त्यसमा आफ्ना तीन छोराछोरीको मृत्यु भएको र जीवित छोरी निक्कै भावुक बनेको काराले बताएकी छन् ।

कारा र उनकी छोरी बेली जोन मात्र घटनामा बच्न सफल भएका थिए । केही हप्तापछि आमाले छोरीको भावुक तस्बिर पोष्ट गरेर अरुलाई समेत भावुक बनाएकी छन् ।

तस्बिरमा भाई बहिनीलाई गाडेको स्थानमा उनले फूल राखेकी छन् । सामाजिक सञ्जालमा धेरैले बेलीको बहादुरी भन्दै टिप्पणी पनि गरेका छन् ।

दुर्घटनापछि काराले डोनेशन माग गरेकी थिइन् । अहिलेसम्म उक्त परिवारका लागि दुई करोड भन्दा धेरै रकम जम्मा भएको अष्ट्रेलियाका सञ्चार माध्यमले जनाएका छन् ।

तस्बिर भाइरल भएपछि अहिले पनि सहयोग गर्नेको संख्या बढ्दोक्रममा छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: