बलिउडमा यस्तो रेकर्ड बनाउँदैछ बरुण धवनको आगामी चलचित्रले « Nagarik Khabar

बलिउडमा यस्तो रेकर्ड बनाउँदैछ बरुण धवनको आगामी चलचित्रले



एजेन्सी । बलिउड नायक बरुण धवन अहिले आफ्नो आगामी चलचित्र कुली नम्बर १ को तयारीमा जुटेका छन् । तर, उनको यो चलचित्रले बलिउडमा एउटा नयाँ रेकर्ड राख्ने अ‍ेपक्षा गरिएको छ ।

भारतीय मिडियाले जनाएअनुसार धवनको आगामी चलचित्र कुली नम्बर १ बलिउडमा प्लास्टिकको प्रयोग नगरिएको पहिलो चलचित्र हुनेछ । प्रोड्युसर दीपशिखा देशमुखले यस सम्बन्धमा आइतबार ट्वीट् गर्दै जानकारी दिएपछि यस्तो रहस्य खुलेको हो ।

‘कुली नम्बर १ मा प्लास्टिकको प्रयोग नगर्ने सानो प्रयास गरेका छौं,’ देशमुखले ट्वीटमा भनेकी छन्, ‘आशा छ प्लास्टिकबाट हुने प्रदुषण नियन्त्रण गर्नका लागि अरुहरुलाई पनि प्रेरणा होस् ।’ उनले यस कार्यलाई सम्भव तुल्याएकामा टिमका अन्यप्रति पनि आभार प्रकट गरेकी छन् ।

उता बरुणले पनि प्लास्टिकमुक्त चलचित्र निर्माण गर्न लागेकोमा निर्माताप्रति आभार प्रकट गरेका छन् । आफ्ना सहयोगीलाई पनि यस्तो गर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: