एक बालकले मागे आफ्नै मृत्युमा छुट्टी, प्रधानाध्यापकले दिए स्वीकृति « Nagarik Khabar

एक बालकले मागे आफ्नै मृत्युमा छुट्टी, प्रधानाध्यापकले दिए स्वीकृति



एजेन्सी । स-साना बालबालिकाले विद्यालयमा छुट्टीका लागि विभिन्न बहाना झिक्ने गर्छन् ।

आफ्नो छुट्टीका लागि बालबालिकाले विभिन्न प्रकारका झुट बोल्ने सामान्य कुरा हो ।

तर भारतको कानपुरमा एक बालकले आफ्नो मृत्युको झुटो निवेदन दिएर विदा लिन सफल भएका छन् ।

कानपुरका एक बालकले छुट्टी लिनका लागि निवेदनमा आफू नै मरेको उल्लेख गरेका थिए ।

प्रधानाध्यापकले पनि उनको निवेदन नहेरिकनै विदा स्विकृत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

छुट्टीका लागि बालकले लेखेको निवेदन र प्रधानाध्यापकले दिएको स्वीकृतिको विषय अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कक्षा ८ मा पढ्ने बालकले आफूलाई छुट्टीको जरुरी भएकाले निवेदनमा आफ्नो मृत्यु बिहान १० बजे नै भैसकेकाले छुट्टी दिनका लागि आग्रह गरेका थिए ।

आवेदनलाई प्रधानाध्यापकले ध्यान नदिइकनै हस्ताक्षर गरेर विदा दिएपछि सामाजिक सञ्जालमा विद्यालय र प्रिन्सिपलको धज्जी उडेको छ ।

निवेदन भाइरल बनेपछि विद्यालयले विज्ञप्ति नै निकालेर झुक्किएर त्यस्तो घटना भएको जनाएको छ ।

बालकले पनि आफ्नी हजुर आमाको ठाउँमा झुक्किएर आफ्नो नाम लेखेको बताएका छन् ।

स्कुलले निवेदनको फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने व्यक्तिको खोजी सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: