भिल्लारियलसँग रियल मड्रिडको बराबरी « Nagarik Khabar

भिल्लारियलसँग रियल मड्रिडको बराबरी



मड्रिड । रियल मड्रिडका ग्यारेथ बेलले दुई गोल गरे पनि स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल मड्रिड र भिल्लारियलले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

घरेलु टोली भिल्लारियलले पहिलो हाफको १२ औं मिनेटमा जेरार्ड मोरेनो गोलबाट अग्रता लिएको थियो । त्यस्तै मड्रिडका तर्फबाट पहिलो हाफको अन्तिम मिनेटमा ड्यानी कार्भाजलको पासमा बेलले गोल गर्दै बराबरी बनाए ।

पहिलो हाफमा एक–एकको बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा मोइ गोमेजले गोल गदै पुनः भिल्लारियललाई अग्रता दिलाएका थिए ।

८३ औं मिनेटमा मड्रिडका बेलले व्याक्तिगत दोस्रो गोल गर्दै बराबरीमा ल्याए । अन्ततः दुवै तर्फबाट कुनै गोल हुन नसक्दा अंक बाँड्न बाध्य भयो । दुई गोल गरेका बेलले भने अन्तिम समयमा दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिए ।

तीन खेल सकिदासम्म शतप्रतिशत नतिजा निकाल्दै एट्लेटिको मड्रिड ९ अंककासाथ पहिलो स्थानमा रहेको छ । एथ्लेटिक विल्वाओ दोस्रो,सेभिल्ला तेस्रो,लेभान्ते चौथो र रियल मड्रिड पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: