रोजर फेडेरर युएस ओपनको क्वाटरफाइनलमा « Nagarik Khabar

रोजर फेडेरर युएस ओपनको क्वाटरफाइनलमा



स्विस टेनिस स्टार रोजर फेडेरर युएस ओपन २०१९ पुरुष एकल तर्फ डेविड गोफिनलाई पराजित गर्दै क्वाटरफइनलमा प्रवेश गरेका छन् । उनले डेविडलाई ६–२,६–२,६–० को सेटमा हराएका हुन् ।

आईतबार भएको प्रि क्वाटरफाइनल खेलमा स्विजरल्याण्डका रोजर फेडेररले वेल्जियमका डेविड गोफिनलाई सोझो सेटमा हराउँदै क्वाटरफाइनलको यात्रा तय गरे ।

तेस्रो वरियतामा रहेका फेडेररले १५औँ वरियताका डेविलसँग ७८ मिनेटसम्म प्रतिस्पर्धा गरेको थिए ।

पहिलो र दोस्रो सेटमा समान ६–२ प्वाइन्टले जितेका फेडेररले तेस्रो सेटमा भने कुनै अंक जोड्ने अवसर दिएनन् । तेस्रो सेट ६–० ले जिते ।

क्वाटरफाइनलमा फेडेररले वुल्गेरियाका ग्रिगोर डिमिट्रोभसँग प्रतिस्पर्धा गर्नेछन् ।

सन् २००३ देखि लगातार पाँच पटका युएस ओपनको उपाधि चुमेका फेडेररले सन् २००८ यता जित्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: