चितवनमा एक युवाको शव फेला, घाइते अवस्थामा भेटिएका अर्का युवाको पनि मृत्यु « Nagarik Khabar

चितवनमा एक युवाको शव फेला, घाइते अवस्थामा भेटिएका अर्का युवाको पनि मृत्यु



चितवन । प्रहरीले चितवनमा एकजना युवको शव फेला पारेको छ । त्यस्तै अर्का एकजनालाई घाइते अवस्थामा फेला पारेकामा उपचारका लागि लैजाँदै गर्दा बाटैमा बाटैमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–२ आँपटारीमा अन्दाजी २७ वर्षका एक युवालाई घाइते अवस्थामा फेला पारिएको थियो । सोमबार बिहान घाइते अवस्थामा फेला परेका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको सनाखत भएको छैन ।

यस्तै आइतबार पूर्वी चितवनको कालिका नगरपालिका र रत्ननगर नगरपालिकाको सिमानामा पर्ने नमस्तेचोकमा एक पुरुषको शव फेला परेको छ । सनाखत हुन नसकेका अन्दाजी ६५ वर्षीय वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: