श्रीलंका विरुद्धको पहिलो टि–ट्वेन्टीमा न्युजिल्याण्ड विजयी « Nagarik Khabar

श्रीलंका विरुद्धको पहिलो टि–ट्वेन्टीमा न्युजिल्याण्ड विजयी



एजेन्सी । श्रीलंका विरुद्धको पहिलो टि–ट्वेन्टीमा न्युजिल्याण्ड विजयी भएको छ ।

१७५ रनको लक्ष्य पच्छाएको न्युजिल्याण्डले पाँच विकेट गुमाउँदै तीन बल बाँकी रहँदा भेट्टाएको हो ।

न्युजिल्याण्डका रोस टेलरले ४८ तथा कोलिन डि ग्राण्डहोमले ४४ रनको पारी खेल्दै विजयीतर्फ लगेका थिए । पहिलो ओभरमा नै प्रारम्भिक व्याट्सम्यन कोलिन मुनरोलाई शून्य रनमा गुमाएका थिए ।

त्यस्तै अर्का ओपनर मार्टिन गुप्टिलले ११ रन बनाए । दारिल मिचेल र मिचेल सान्टनरले अविजित २५ र १४ रनको पारी खेल्दै जित दिलाए ।

यसअघि पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले व्याटिङ रोजेको घरेलु टोलीले ४ विकेट गुमाउँदै १७४ रन बनाएको थियो ।

श्रीलंकाका ओपनर कुशल मेण्डिसले सर्वाधिक ७९ रन बनाए । त्यस्तै निरोशन डिक्वेलाले ३३, दशुन सनकाले १७ रनको पारी खेले । न्युजिल्याण्डका टिम साउथीले २ तथा मिचेल सान्टनरले एक विकेट लिए ।

तीन टि–ट्वेन्टिको सिरिजमा न्युजिल्याण्डले १–० अग्रता लिएको छ । दोस्रो खेल मंगलबार सोही स्टेडियममा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: