रवि लामिछाने र अंगुर जिसीविरुद्ध मानहानीको मुद्दा खारेज « Nagarik Khabar

रवि लामिछाने र अंगुर जिसीविरुद्ध मानहानीको मुद्दा खारेज



कञ्चनपुर । सञ्चारकर्मी रवि लामिछाने र निलम्वित डिएसपी अंगुर जिसीविरुद्ध हालिएको अदालतको मानहानीको मुद्दा जिल्ला अदालत कञ्चनपुरले खारेज गरेको छ ।

निर्मला पन्त प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएकोबारेको अभियोगमा जिल्ला अदालत कञ्चनपुरमा मुद्दा विचारधीन रहेको समयमा सार्वजनिक रुपमा बोल्न नमिल्ने र आफ्नो भाइ दिलिपसिंह विष्टलाई कार्यक्रम मार्फत अभियोग लगाएको भन्दै उनका दाजु खड्गसिंह विष्टले रवि र जिसीविरुद्ध मुद्दा दायर गरेका थिए।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सुरुवाती अनुसन्धान गरेका डिएसपी जिसी र पत्रकार खेम भण्डारीसँग कार्यक्रम प्रस्तोता रवि लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रममा अन्तर्वार्ता गरेका थिए।

खड्गसिंहले सुरुमा दिएको उजुरी जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण वस्तीले खारेज गरेका थिए । पछि पुनः अर्को उजुरी दिएपछि दर्ता भएको थियो।

सोमवार उजुरीमा सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले श्रेस्तेदारकै निर्णय ठहर गरेको हो।

सोही अन्तर्वार्तालाई लिएर पत्रकार आचारसंहिता उल्लङ्घन गरेको भन्दै रविविरुद्ध खेम भण्डारी आफैंले पनि प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन्। काउन्सिलले उजुरी प्रकृयामा रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: