नेपालगंज उपमहानगरपालिकाका प्रमुख राणालाई कारबाहीको माग (भिडियोसहित) « Nagarik Khabar

नेपालगंज उपमहानगरपालिकाका प्रमुख राणालाई कारबाहीको माग (भिडियोसहित)



काठमाडौं । नेपाल भेटेरीनरी एशोसिएशनले गाई हत्यामा संलग्न रहेको दावी गर्दै नेपालगंज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणालाई तत्काल कार्वाही गर्न माग गरेको छ ।

एशोसिएशनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले पशु हत्या गर्नेमाथि ३ वर्षसम्म कैद सजायसमेतको व्यवस्था कानुनमै उल्लेख गरिएको भन्दै सो हत्यामा संलग्न प्रमुख राणालाई कडा कानुनी कारबाही गर्न माग गरेका हुन् ।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी उनले सुर्खेतमा गरिएको गाई हत्यामा संलग्न अन्यको पनि पहिचान गरी कडा कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले सो घटनामा संलग्नमाथि तत्काल कारबाही नगरे सरकारविरुद्ध नै आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि उनले दिएका छन् ।

त्यसैगरी एशोसिएशनले खोटाङको दिक्तेल बजारमा कुकुरको हत्या गरिएको भन्दै सो हत्यामा संलग्नमाथि पनि तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।

नेपाल विश्व पशु स्वास्थ्य संगठनको पनि सदस्य राष्ट्र भएकाले कुनै पनि पशुमाथि कुटपीट गर्न समेत नपाउने एशोसिएशनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: