टान नेतृत्वका लागि उम्मेद्वारी घोषणा: नेकपा र काँग्रेसबीच प्रतिस्पर्धा ! (भिडियोसहित) « Nagarik Khabar

टान नेतृत्वका लागि उम्मेद्वारी घोषणा: नेकपा र काँग्रेसबीच प्रतिस्पर्धा ! (भिडियोसहित)



काठमाडौं । ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल (टान)को नयाँ नेतृत्वका लागि सोमबार उम्मेद्वारी घोषणा भएको छ ।

भाद्र २० गते काठमाडौंमा टानको दुई वर्षे नेतृत्व चयनका लागि उम्मेद्वारी घोषणा भएको हो ।

निर्वाचनका लागि अञ्जन थापा समूह र खुमबहादुर सुवेदी समूहले सोमबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरे ।

सत्तारुढ नेकपाको समर्थन रहेको थापा समूहको अध्यक्षको उम्मेदवार अञ्जन थापा र महासचिवमा सरिता लामाले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट रहेका सुवेदी समूहबाट खुमबहादुर सुवेदीले अध्यक्ष र कर्मा शेर्पाले महासचिवमा उम्मेदवारी घोषणा गरे ।

दुवै समूहले आ–आफ्नो समूहको विजयी हुने दावी गरेका छन ।

नेकपा निकट अध्यक्षका उम्मेदवार थापाले पर्वतीय पर्यटनको विकास गरेर कमजोर बन्दै गएको पर्यटन व्यवसायलाई सवल बनाउने प्रतिवद्धता व्यक्त गरे ।

उनले पर्यटन क्षेत्रको विकासका लागि त्यसको गुणस्तरीय सेवामा लागि पर्ने बताए ।

काँग्रेस निकट अध्यक्षका उम्मेदवार सुवेदीले आर्थिक संकटमा फसेको टानलाई सुधार गरेर अघि बढाउन आफ्नो समूहले उम्मेदवारी दिएको स्पष्ट पारे ।

उनले आफ्नो समूह विजयी भए विगतका पदाधिकारीहरुले भन्दा बढि काम गरेर देखाउने प्रतिवद्धता जनाए ।

आगामी भाद्र २० गते टानको ४१ औं साधारण सभाको अवसर पारेर निर्वाचन हुँदैछ । निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरु सहित १७ पदमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: