धरानमा छ्यापछ्याप्ती म्याद गुज्रिएका खाद्य सामग्री « Nagarik Khabar

धरानमा छ्यापछ्याप्ती म्याद गुज्रिएका खाद्य सामग्री



सुनसरी । सुनसरीको धरानमा गरिएको बजार अनुगमनमा सबैभन्दा बढी म्याद सकेका फेन्टा र कोक फेला परेको छ ।

धरान उपमहानगरपालिका, उद्योग वाणिज्य संघ सुनसरी, इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र नगर प्रहरीको संयुक्त टोलीले चार दिनअघिदेखि थालेको बजार अनुगमनको क्रममा सबैभन्दा बढी पेय पदार्थ फेन्टा र कोक म्याद गुज्रेको अवस्थामा भेटिएको उद्योग बाणिज्य संघ सुनसरीका बाणिज्य सचिव सीताराम आचार्यले जानकारी दिए ।

होटल, मिष्ठान भण्डार र किराना पसलहरुमा गरिएको अनुगमनको क्रममा म्याद गुज्रिएका सामानमा धेरै जसो कोक र फेन्टा भेटिएको आचार्यले बताए । यसैगरी अखाद्य रंग मिसाइएको र मापदण्डभन्दा बढी रंग लगाइएको मिठाइ पाइएको धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बताए । होटलहरुमा विषेश गरी पकाउने ठाउँ फोहोरी अवस्थामा भेटिएको थियो भने मिठाइलगायतका खानेकुरा बनाउने बस्तु बेसान लगायतमा म्याद गुज्रेको सामाग्री भेटिएको थियो ।

म्याद गुज्रिएका सामग्रीहरु जफत गरी नष्ट गरिएको प्रमुख यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: