तमु प्ये ल्हु संघ नेपाल केन्द्रीय महिला समितिको अध्यक्षमा पुष्पा « Nagarik Khabar

तमु प्ये ल्हु संघ नेपाल केन्द्रीय महिला समितिको अध्यक्षमा पुष्पा



पोखरा । तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिको अध्यक्षमा पुनः पुष्पा तेल्मे तमुस्यो निर्विरोध निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिको १८औ तथा छैटौ महाधिबेशनबाट पुष्पा पुन निर्वाचित भएका हुन् ।

तमु प्ये ल्हु संघको केन्द्रीय कार्यलयमा सम्पन्न उक्त महाधिवेसनले पुष्पा तेल्मेको नेतृत्वमा तीनजनापछि मनोनित गर्ने गरी २५ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

निर्वाचित अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष बुद्धिमाया क्रोम्छे तमुस्यो, द्वित्तीय उपाध्यक्ष सिद्धि प्हच्यु तमुस्यो, महासचिव पूर्णिमा कुब्जे तमुस्यो, सचिव मन्जु तमुस्यो, सहसचिव सुकमाया प्हच्यु तमुस्यो, कोषाध्यक्ष शान्ति तमुस्यो, सहकोषाध्यक्ष धनमाया क्रोम्छे तमुस्यो छन् ।

सदस्यहरुमा मन कुमारी तमुस्यो, बिजमाया तमुस्यो (लम्जुङ), औ सुभा तमुस्यो (कास्की), चुमाया तमुस्यो (कास्की), विदी माया तमुस्यो (कास्की), रमा तमुस्यो (कास्की), देउ कुमारी योज तमुस्यो (कास्की), मनु तमुस्यो (कास्की), देवी टु तमुस्यो (कास्की), प्रेम कुमारी न्हान्सी तमुस्यो (कास्की), गीता क्होल तमुस्यो (तनहु), कल्पना क्रोम्छे तमुस्यो (बर्दिया), पुष्पा क्रोम्छे (नवलपरासी), अनिता ल्हो तमुस्यो (रोल्पा) रहेको छ ।

निर्वाचन मण्डलमा संयोजक कानुनी सल्लाहकार जुना कुमारी पर्जु तमुस्यो, सदस्य तमु प्ये ल्हु संघ केन्द्रीय महासचिव शान्ती पर्जु तमुस्यो, कानुनी सल्लाहकार अधिवक्ता कर्ण बहादुर न्गोप्छे (ङ्गोर) तमु , सदस्य तमु प्ये ल्हु संघ केन्द्रीय संगठन विभाग प्रमुख हर्क योंजा तमु थिए ।

तस्वीर : मनि सर्वुजा तमु

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: