बजारमा पायो ग्रुपको बदाम जुस « Nagarik Khabar

बजारमा पायो ग्रुपको बदाम जुस



भक्तपुर । पायो ग्रुपको बदाम जुस बजारमा आएको छ । पायो बदाम ड्रिङ्क नामक उक्त पेय पदार्थ शुद्ध दुध, बदाम र केसरको मिश्रणबाट तयार पारिएको कम्पनीले जनाएको छ ।

यसमा रहेको प्रोटिन, भिटामिन, क्यालिसियम र सोडियम जस्ता तत्त्वले स्वास्थमा फाइदा पुग्ने कम्पनीको दाबी छ । भारतको चेन्नाइको एक कम्पनीसँगको सहकार्यमा बनेको यस बदाम ड्रिङ्क पूर्ण रुपमा अर्गानिक भएको र आइएसओ सर्टिफाइड र एफएसएसआईले प्रमाणीकरण गरेको कम्पनीका प्रबन्धक निर्देशक सरोज महतोले जानकारी दिए ।

साँथै, उनले पायो बदाम ड्रिङ्क बजारमा उपलब्ध हुन थालिसकेको र बदाम जुसका ग्राहकले नयाँ प्रकारको स्वाद पाउने दावी गरे । उनले भने, ‘नेपालमै केही गर्नुपर्छ भन्ने मान्यताले केही युवा मिलेर यो सुरुवात गरेका छौं । हाम्रा नेपालमा बजार पाउनेमा आशाबादी छौं ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: