अर्को वर्षभित्रै निरक्षरता उन्मूलन ! « Nagarik Khabar

अर्को वर्षभित्रै निरक्षरता उन्मूलन !



काठमाडौं । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले साक्षरता घोषित नभएका जिल्लाका पालिकालाई निरक्षरता उन्मूलन गर्न चारदेखि १४ लाख रुपियाँसम्म रकम उपलब्ध गराएको छ ।

अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसको सन्दर्भमा केन्द्रले सोमबार पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी दिएको हो ।

केन्द्रका अनुसार मुगु, जुम्ला, कालीकोट, अछाम, बझाङ र बाजुराका पालिकाहरू हरेकलाई चार लाख रुपियाँ उपलब्ध गराइएको छ । त्यस्तै कञ्चनपुर र महोत्तरीका पालिकालाई प्रतिपालिका १० लाख रुपियाँका दरले रकम दिइएको छ ।

धनुषा, रौतहट, सर्लाही, सिरहा, सप्तरी, बारा र पर्साका प्रत्येक पालिकालाई १४ लाख रुपियाँका दरले तथा सोलुखुम्बु, हुम्ला र डोल्पाका प्रतिपालिका पाँच लाख रुपियाँका दरले रकम उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।

केन्द्रका महानिर्देशक बाबुराम पौडेलले आगामी असार मसान्तभित्र देशका ७० जिल्ला पूर्ण साक्षर भएको घोषणा भइसक्ने बताउँदै आगामी आर्थिक वर्षभित्र देशका सबै जिल्लामा निरक्षरता उन्मूलन भइसक्ने दाबी गरे । चालू आर्थिक वर्षमा साक्षरताका लागि २० करोड रुपियाँ खर्च गरिँदैछ ।

आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: