तिहारपछि जयनगर–कुर्था रेल सेवा सुरू हुने « Nagarik Khabar

तिहारपछि जयनगर–कुर्था रेल सेवा सुरू हुने



काठमाडौं । भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म रेल सञ्चालनका लागि तीव्ररूपमा काम भइरहेको रेल विभागले जनाएको छ ।

विभागले तिहारपछि रेल सञ्चालन गर्ने लक्ष्यका साथ काम गर्दैछ, यसका लागि रेल मार्गको निर्माण अन्तिम चरणमा पुगेको छ भने दुईवटा रेल–गाडी निर्माणको काम भइरहेको छ ।

विभागका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) अमन चित्रकारका अनुसार खरिद आदेश भइसकेको छ, सोहीअनुसार आपूर्तिकर्ताले उत्पादन गर्दै छ ।

लिक निर्माणको अन्तिम चरणमा पुगेको इनरुवा खण्ड आसपासमा कमला नदीको तटबन्द भत्केर क्षति पुगेका कारण दोहोरो काम गर्नुपरे पनि निर्धारित समयमा काम सक्न विभाग लागिरहेको बताइएको छ ।

आजको नेपाल समाचारपत्र दैनिकले यो समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: