नेपालगन्जका गाई पूर्वबाट भारत तस्करी « Nagarik Khabar

नेपालगन्जका गाई पूर्वबाट भारत तस्करी



काठमाडौं । नेपालगन्जबाट पूर्व–पश्चिम राजमार्ग हुँदै भारततर्फ गाई तस्करी भइरहेको छ ।

सिरहा प्रहरीले सीमावर्ती भगवानपुर गाउँपालिकाबाट नियन्त्रणमा लिई जाँच गरेको ना ६ ख २३६८ नम्बरको ट्रकबाट ५० वटा गाई तथा बाच्छा बरामद भए ।

बरामदमध्ये गाई र बाच्छा गरी १७ वटा मरेका भेटिए । प्रहरीको अनुसन्धानबाट ती गाई र बाच्छा भारततर्फ लगिँदै थिए ।

प्रहरीले ट्रकचालक नेपालगन्ज उपमहानगरपालिका–१ का ३२ वर्षीय ओकेश थापा र अर्का एकजनालाई पक्राउ गरेको छ । मृत गाईलाई प्रहरीले प्रक्रिया पुर्याएर गाडिदियो भने ट्रक, चालक, ३३ वटा गाई तथा बाछोलाई जिल्ला भन्सार कार्यालय ठाढी बुझाएको छ ।

ठाढी भन्सारका प्रमुख नरेश शाहका अनुसार गाई र बाच्छा तत्काल निलाम गरिदियौं । चालक थापा गाई चोरी निकासी मुद्दामा तीन लाख धरौटी बुझाएर आइतबार साँझ नै छुटेको शाहले बताए ।

आजको नागरिक दैनिकमा मिथिलेस यादवले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: