मिडिया काउन्सिल विधेयक, पत्रकारलाई जरिवानाको व्यवस्था हटाउन प्रस्ताव « Nagarik Khabar

मिडिया काउन्सिल विधेयक, पत्रकारलाई जरिवानाको व्यवस्था हटाउन प्रस्ताव



काठमाडौं । मिडिया काउन्सिलले पत्रकारलाई जरिवाना गर्ने नभई मध्यस्तता र मेलमिलाप गराउने काम गर्नुपर्ने व्यवस्था राख्न भन्दै सत्तारुढ दल नपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

राष्ट्रियसभामा सचिवालयमा सोमबार विधेयकमाथि संशोधन राख्ने क्रममा नेकपाका १५ जना सांसदले सरकारले ल्याएको विधेयकमा असहमति राख्दै सो प्रस्ताव गरेका छन् ।

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकमा काउन्सिलले सञ्चारमाध्यमबाट गलत समाचार प्रकाशित वा प्रशारित गरेमा सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक पत्रकार वा संवाददातालाई २५ हजार देखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था राखेको थियो ।

त्यसमा पत्रकार महासंघसहित विभिन्न सञ्चार संस्थाबाट विरोध भएको थियो ।

आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: