तातोपानी नाकामा सुरक्षा चासो « Nagarik Khabar

तातोपानी नाकामा सुरक्षा चासो



काठमाडौं । तातोपानी नाकाबाट अध्यागमन सेवा सुरु गर्न चीनले सुरक्षा प्रत्याभूति खोजेको छ ।

सुरक्षा संवेदनशीलता देखाउँदै चिनियाँ पक्षले तातोपानीबाट तत्काल यात्रुको आवतजावत नहुने संकेत गरेको छ ।

२०७२ वैशाख १२ को भूकम्पबाट भौतिक पूर्वाधारमा क्षति पुगेपछि नाका बन्द थियो ।

चिनियाँ पक्षले पारवहन तथा ढुवानी सम्झौता कार्यान्वयन गर्न जेठ १५ देखि नाका पुनः सञ्चालन गरेको हो । यहाँबाट मालवाहक सवारी साधन मात्र ओहोरदोहोर गर्छन् ।

गृह मन्त्रालयले अध्यागमन कार्यालय भने खोलिसकेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकमा शम्भु कट्टेलले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: