राजपा–समाजवादी एकीकरण नहुने « Nagarik Khabar

राजपा–समाजवादी एकीकरण नहुने



काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीसँग एकता विषयमा वार्ता नै नभएको खुलासा गरेका छन् ।

काठमाडौं बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अध्यक्ष मण्डल बैठकमा एकता छलफलबारे जानकारी गराउँदै महतोले अहिलेसम्म ‘औपचारिक वार्ता नै नभएको’ खुलासा गरेका हुन् ।

‘उहाँहरूसँग भेटघाट भएको बेला समान्य छलफल मात्र भएको हो,’ बैठकमा आफ्नो कुरा राख्दै महतोले भने, ‘औपचारिक रूपमा वार्ता भएकै छैन, अहिलेसम्मको प्रगति केही त्यस्तो पनि छैन ।’

एकताका लागि पार्टीद्वारा गठित वार्ता समिति संयोजकसमेत रहेका महतोले ‘अनौपचारिक रूपमा भएको छलफल सकारात्मक रहे पनि औपचारिक रूपमा वार्ता भने नभएको’ जानकारी बैठकलाई गराएका छन् ।

आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: