कीर्तिपुरमा पहिलो होमस्टे सञ्चालनमा « Nagarik Khabar

कीर्तिपुरमा पहिलो होमस्टे सञ्चालनमा



काठमाडौं । कीर्तिपुरको मध्यकालीन बस्तीको टुप्पोमा छ, चिलञ्च्व विहार । चिलञ्च्वको पूर्वी फेदमा जोशी ननी टोल पर्छ । यो टोलबासी यतिबेला होमस्टे सञ्चालनमा जुटेका छन् ।

समुदाय स्तरमा जोशी ननी कम्युनिटी होमस्टे सञ्चालनमा ल्याइएको होमस्टेका अध्यक्ष शरद् मङ्गल जोशीले जानकारी दिए ।

सम्पूर्ण तयारी लगभग सकेकाले केही दिनमा नै पूर्ण क्षमतासहित सेवा दिन सुरु गरिने उनले बताए । समुदायले सञ्चालनमा ल्याएको यो कीर्तिपुरकै पहिलो होमस्टे हो ।

कीर्तिपुर वडा नं. १० स्थित जोशी ननी र सिन्ध्वा टोलबासी मिलेर यो सामुदायिक होमस्टे सञ्चालनमा ल्याएको हो । अहिलेसम्म १३८ जना टोलबासीले होमस्टेमा साझेदारी गरेका छन् ।

आजको गोरखापत्र दैनिकमा शान्ति लामाले यो समाचार लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: