पोखरामा डेंगु नियन्त्रणबाहिर, चिकित्सक पनि संक्रमित « Nagarik Khabar

पोखरामा डेंगु नियन्त्रणबाहिर, चिकित्सक पनि संक्रमित



काठमाडौं । पर्यटकीय सहर पोखरामा डेंगु नियन्त्रणबाहिर पुगेको छ । हरेक दिन डेंगीका नयाँ बिरामी उपचारका लागि अस्पताल आउन थालेका छन् ।

बिरामीको भीड बढेर यहाँका अस्पतालहरू ठाउँ पाइन मुस्किल हुन थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालय कास्कीका अनुसार सोमबारसम्म ४ सय ३९ जनामा डेंगी संक्रमण देखिएको छ ।

सो कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले संक्रमितमध्ये आठजना ट्राफिक प्रहरी र पाँचजना स्वास्थ्यकर्मी (दुईजना चिकित्सक र तीनजना नर्स) बिरामी परेको बताए ।

संक्रमित एकजना ट्राफिकलाई थप उपचारका लागि काठमाडौंस्थित प्रहरी अस्पतालमा पठाइएको छ । ‘हामी नियन्त्रणको प्रयासमा त छौं तर रोग अचाक्ली रूपमा फैलिएको छ,’ उनले भने, ‘अब हामीले मात्रै नियन्त्रण गर्न सक्ने अवस्था देखिँदैन ।’

आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: