हङकङ आन्दोलनमा पहिलो पटक नेपाली मुलका मानिस पक्राउ



हङकङमा भइरहेको सरकार विरोधी आन्दोलनका क्रममा नेपाली मुलकी युवती पक्राउ परेकी छिन् । उनी पक्राउ पर्ने नेपाली मुलकी पहिलो हुन् ।

पक्राउ पर्नेमा जेनी राई रहेको जनाइएको छ । उनी हङकङको एक कलेजकी विद्यार्थी रहेको बताइएको छ ।

चीनको ७०औं राष्ट्रिय दिवसको दिन मंगलबार आन्दोलनकारी कडा प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीचको झडपले हिंसात्मक रुप लिँदा प्रहरीको गोली लागेर १८ वर्षीय एक युवक गम्भीर घाइते भएका छन् । अन्य डेढ दर्जन प्रदर्शनकारी पनि घाइते भएका छन् ।

सोही दिन ५१ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV