राष्ट्रपति सीको विमान पुसब्याक गर्ने उपकरण नै छैन, पार्किङमा चुनौती



काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङ अर्को साता नेपाल आउँदैछन् । उनी एयर चाइनाको जेट विमान बोइङ ७४७ बाट काठमाडौं आउनेछन् ।

उक्त विमान एक रात काठमाडौंमा नै पार्किङ गरिने समाचार आजको कान्तिपुरदले छापेको छ । राष्ट्रपति सीको विमान पार्किङ चुनौतीपूर्ण बन्ने भएको छ ।

अहिले अन्य विदेशी जहाज राखे जस्तो सीको विमान त्रिभुवन विमानस्थलको टर्मिनल भवनतर्फ फर्काएर पश्चिम पूर्व राख्न नसकिने भएको छ ।

जहाज त्यसरी पार्किङ गर्न नसकिनुको कारण केहो ?

उक्त जहाजलाई पुसब्याक (धकेल्न) गर्न सकिने उपकरण नहुनु ।

सीको विमान ह्याण्डल गर्ने क्षमताको उपकरण नेपाल वायुसेवा निगमसँग छैन ।

सीको विमान डेकर (दुई तले) र चारवटा इन्जिन भएको विमान हो ।

निगमसँग भएको उपकरणले २५० टनसम्मको जेट पुसब्याक गर्न सक्छ । सीको जहाज ३०० टनको छ ।

 

 

 

 




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV