सी भ्रमणमा चमत्कार : सिंगारिँदै काठमाडौं, चार दिनमै फुलबारी



काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङ पिङको नेपाल भ्रमण निश्चित भएसँगै काठमाडौं सिंगारिन थालेको छ ।

आफ्नो क्षेत्रभित्र पर्ने मन्त्रालय र स्थानीय निकायलाई अहिले भ्याइ-नभ्याइ छ ।

नगरपालिकाले बटो सफा गर्न सुरु गरिसकेको छ । सरकारले नेपाल टेलिकमलाई तार व्यवस्थापन गर्न निर्देशन दिएको छ । विद्युत प्राधिकरण र खानेपानी संस्थानलाई कामको जिम्मेवारी दिइसकेको छ ।

राष्ट्रपति सीको स्वागतमा राजधानीका करिब ४० स्थानमा स्वागतद्धार निर्माण हुनेछ ।

सी हिड्ने सडकमा सरकारी कार्यालय र ठूला बैंकले स्वागत गर्नेछन् ।

भ्रमण गर्ने रुटमा बाटो सफा गर्ने, जेट मेसिनले बाटो पखाल्ने ब्रुमर लगाउने, आइल्याण्ड मर्मत गर्ने, र फूलसहितको गमला राख्ने, आकाशेपुलमा विशेष सजावट गर्ने, जेब्राक्रस र रेलिङमा रङ लगाउनेलगायतका काम भइरहेको छ ।

तीनकुनेमा अस्थायी पार्क

विदेशका राष्ट्रप्रमुख नेपाल प्रवेश गर्दा पहिलो आँखा पर्ने तीनकुनेको खाली जग्गामा तत्कालका लागि अस्थायी पार्क बन्ने भएको छ । करिब चार दिनमै तीनकुनेमा अस्थायी पार्क बनाइने समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । 

राष्ट्रपति सी २७ गते २४ घण्टाको लागि नेपाल भ्रमणमा आउँदैछन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV