नौबिसे-नागढुंगा : तीन महिनासम्म पनि किन टिक्दैन देब्रे लेन ?



काठमाडौं । दुई महिनाअघि मात्र मर्मत सम्भार गरिएको नौबिसे नागढुंगा सडकले एउटा बर्खा पनि थेग्न सकेन ।

क्षमताभन्दा बढी भारका सवारीसाधन गुडाउँदा काठमाडौं प्रवेश गर्ने लेन खाल्डाखुल्डी बनेको छ ।

खाल्डाखुल्डी भएको भाग असार मसान्तसतिर पुरे पनि बढी भारका सवारीले लेन दबाएर खाल्डा बनाएको छ ।

क्षमताभन्दा बढी भारका सवारी गुडाउँदा देब्रे लेन कामै नलाग्ने गरी क्षतविक्षत भएको छ । अधिकांश भाग कामै नलाग्ने भएको छ ।

यसले गर्दा गाडी ओहोर दोहोर गर्न मुस्किल परेको एक चालकले बताए ।

सडकको भारवहन क्षमताले नधान्ने सवारी गुडेकाले तीन महिनामै सडकको लेन भासिने गरेको समाचार आजको नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV