बिदेशमा 'बौद्धिक नेपाली' खोज्दै नेपाल सरकार



शिकागो । बिदेशमा रहेका नेपालीहरुको ज्ञान र सीपलाई नेपाल फर्काउने उद्धेश्यले सरकारले बिषेश पहल गरेको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको पहलमा शुरु गरिएको ब्रेन गेन ईनिसीयटिभ मार्फत बिदेशमा रहेका नेपालीहरुको ज्ञान र सीपलाई नेपालमा फर्काउन खोजिएको हो ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका आएका मन्त्री ज्ञवालीले अमेरिकामा रहेका बौद्धिकहरुको भेलालाई शिकागोमा सम्बोधन गर्दै बिजिआई अर्थात् ब्रेन गेन ईनिसीयटिभलाई अझै सकृय बनाएका छन् ।

आईतबार शिकागोमा अमेरिकाको बिभिन्न राज्यबाट भेला भएका बिभिन्न क्षेत्रका ज्ञाताहरुले नेपालमा यहाँको अनुभव र ज्ञान कसरी लैजान सकिन्छ भन्ने बिषयमा गहिरो छलफल चलाएका थिए ।

प्राध्यापक तथा यस कार्यक्रमलाई नेतृत्व गरिरहेको सतिश देवकोटाका अनुसार यो अभियान मार्फत अझै बृहत बन्दै जाने र धेरै बौद्धिकहरुलाई समेट्ने योजना छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV