शिकागोमा सरकारले बाँड्दैछ १० हजार पर्चा



शिकागो । नेपाल सरकारले आगामी बर्ष मनाउन लागेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न अमेरिकाको शिकागो शहरमा दश हजार पर्चा बाँड्ने भएको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्था एन्माले शिकागोमा एक कार्यक्रमको आयोजना गरी पर्चा बाँड्ने घोषणा गरेको हो ।

एन्माका उपाध्यक्ष तथा पर्यटन प्रवद्धन कार्यक्रमका संयोजक तिलक केसीले आफुहरुले शिकागोमा रहेका स्थानीय संस्थाहरुसँगको सहकार्यमा दश हजार नेपाल चिनाउने पर्चा बाड्ने योजना राखेको बताए ।

एन्माका निर्वतमान अध्यक्ष तथा शिकागोका अगुवा व्यवसायी बाला घिमीरेका अनुसार एन्माले शिकागोका व्यस्त स्थलमा पुगेर पर्चा बाँड्नुका साथै बिभिन्न ब्यवसायहरुमा पनि नेपाल चिनाउने र पर्यटन वर्षलाई सहयोग हुने खालका पोस्टरहरु राख्ने कार्यक्रम लिएको बताए ।

कार्यक्रममा सम्बोधन गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल भ्रमण बर्ष सफल बनाउन अमेरिकामा रहेका सबै नेपालीहरुलाई सकृय भएर लाग्न आग्रह गरे ।

मन्त्री ज्ञवालीका अनुसार नेपालले बिदेशमा रहेका सबै नेपालीको साथ खोजेको बताउँदै सबैले आआफ्नो स्थानबाट सहयोग गर्न आग्रह समेत गरे ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV