सपिङ मलमा भेटिए बले र एलिसा (भिडियो)



काठमाडौं । गायक रमेशराज भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ ।

रमेशराजको 'खुट्टा भए जुत्ता छानी छानी पाइन्छ बजारमा...' बोलमा रहेको गीत सार्वजनिक भएको हो ।

गीतमा रमेशराजकै शब्द तथा संगीत रहेको छ भने केशव बडुले एरेन्ज गरेका हुन् ।

क्रान्ति केसीले निर्देशन गरेको गीतको भिडियोमा सागर लम्साल (बले) र (ठमेल बजारकी सुन्दरी) एलिसा राईको अभिनय रहेको छ ।

बले (सागर लम्साल) यसअघिको चर्चित हाँस्य टेलिसिलियर भद्रगोल तथा हाल सक्किगोनीका चर्चित पात्र हुन् । एलिसा भने फिल्म लुट २ को आइटम गीत ठमेल बजारबाट चर्चामा आएकी हुन् ।

यस म्युजिक भिडियोमा दुबै जनाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । जोडीबीचको खटपट तथा असमझदारीलाई भिडियोमा प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नुहोस्ः

 




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV